नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय लाहान, सिराहा
लाहान, सिराहा

हाम्रो बारेमा

बि.सं.२०५३ सालमा  देशका कुना काप्चामा रहेका जनताहरुलाई जो सदरमुकाममा आउन जान निकै धेरै समय खर्च भैरहेको सन्दर्भमा नयाँ नगरपालिका र ईलाका प्रशासन कार्यालयको स्थापना गर्ने, स्थानीय  स्तरमै सम्पूर्ण प्रसासनिक  सेवा  प्रवाह गर्ने उदेश्यका साथ मालपोत कार्यालय लहानको स्थापना  २०५४/०३/१२  गते भएको हॊ | तत्कालिन समयमा  सेवा प्रवाहलाइ द्रुतस्तरमा बिस्तार गर्न सदरमुकाममा रहेको सिरहा मालपोत कार्यालयको १०६ गा.बि.स. र २ नगरपालिका क्षेत्र जुन जिल्लामा  पूर्व र उत्तर क्षेत्रमा रहेको छ त्यहाँको जनताहरुलाई  सेवा प्राप्त गर्न नीकै धेरै समयको खर्च गर्नुपर्ने  भनेर यस भेगको नजिकमा पर्ने सिरहा जिल्लाको  प्रमुख बजार, नगरपालिका क्षेत्रमा कार्यालय  खोलि सुरुमा ३३ गा.वि.स. र १ नगरपालिकाको जग्गा प्रशासनसंग संबन्धित सम्पूर्ण  काम काज  यस् मालपोत कार्यालय लहान वाट प्रारम्भ  गरियो  जसमा पछि आएर १२  गा.वि.स. थप गरि  ४५ गा.वि.स. पुगियो|  हाल यस कार्यालयको कार्यक्षेत्र भित्र कुल गा.पा.  ५  र  न.पा. ३ रहेका छन् | यस जिल्लाका पुर्बी ,उत्तरी  र मध्य  भेगका जनता लाभान्वित  छन्|  यसको सीमाना  पूर्व  बलानखोला    पश्चिम गोलबजार न.पा. उत्तर उदयपुर जिल्ला र दक्षिन भारतको विहार राज्य संग जोडिएको छ | पूर्वी आक्षन्स २६.७१७ र ८६.४८३  देससन्तर मा कार्यालय अवस्थित छ | कार्यालय मुख्य राजमार्ग बाट  उत्तरमा  रहेको छ | सिरहा  जिल्लाको एउटा ठुलो  शहर जुन सगरमाथा  अंचल भीत्र  पर्दछ | यो महेन्द्र राजमार्ग  संग जोडिएको शहर हो | यो कार्यालय काठमाडौं वाट ३५० की.मी. पुर्वमा पर्दछ | समुन्द्री सतह बाट १११ मी. उचाईमा परछ|   http://dolrm.gov.np/office/27

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)